
गीतकार पदमालिंखालाई डास्पोरा गीतकार सम्मान
प्रवासमा नेपाली भाषा साहित्यको विकासमा निरन्तर लाग्दै आएकी गीतकार पदमालिंखा मगरलाई यस वर्षको ‘डायस्पोरा गीतकार सम्मान-२०८०’ प्रदान गरिने भएको छ । गीतकार संघ नेपालले सस्था स्थापनाको १५ औ बाषिर्कोत्सवको अवसरमा गीतकार पदमलाई यो सम्मान दिन लागेको जनाएको छ । ‘विदेशमा नेपाली गीत लेखनमा योगदान पुर्याएबापत अमेरिकाको न्युयोर्क निवासी गीतकार पद्मामा लिंखा मगरलाई रू.१५ हजार नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर डायस्पोरा गीतकार सम्मान गरिने संघले जनाएको छ ।

गीतकार पद्मा लिंखा मगरलाई ‘डायस्पोरा गीतकार सम्मान’
गीतकार पद्मा लिंखा मगरलाई ‘डायस्पोरा गीतकार सम्मान-२०८०’ प्रदान गरिने भएकाे छ । याे सम्मान गीतकार संघ नेपालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्दछ । ‘विदेशमा बसी नेपाली गीत लेखनमा याेगदान पुर्याएबापत अमेरिकाकाे न्युयाेर्क बसाेवास गर्ने गीतकार श्री पद्मा लिंखा मगरलाई रू.१५००।- नगदसहित प्रमाणपत्र र दाेसल्ला ओढाएर डायस्पोरा गीतकार सम्मान-२०८० द्वारा सम्मान गरिनेछ,’ संघले बिहीबार विज्ञप्तिमार्फत भनेकाे छ । आफू सम्मानित हुने भएपछि गीतकार लिंखा मगरले जिम्मेवारी सुम्पिएकाे महसुस गरेकाे उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘गीतकार संघ नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै यस पुरस्कारको साथमा मलाई थप जिम्मेवारी सुम्पिएको महसुस गरेकी छु | हजुरहरूको विश्वास र जिम्मेवारीलाई वहन गर्न आशिर्वाद मिलिरहोस् ।’ गीतकार लिंखाकाे गीति एल्बमहरू ‘नजर’ (२०७०), ‘नजर-२’ (२०७२), ‘नजर-३’ (२०८०), गीत संग्रह ‘इन्द्रेनी’ (२०७२) र गजल संग्रह ‘उज्यालाेकाे खाेजी’ (२०७२) सार्वजनिक भइसकेका छन् ।

गीतकार रिजाललाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान, दश उत्कृष्ट गीतहरुको नामावली सार्वजनिक
काठमाडौं । गीतकार संघ नेपालले आफ्नो स्थापना दिवस जेठ १४ गतेको अवसर पारेर प्रतिष्ठित गीतकार डा.भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ अर्पण गर्न लागेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै एक लाख ५१ हजार राशीसहितको यो सम्मान अर्पण गर्ने बताएको छ । त्यसैगरी अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई डायस्पोरा गीतकार सम्मान प्रदान गरिने भएको छ । गीतकार मगरलाई १५ हजार राशिसहितको सम्मान प्रदान गरिनेछ । त्यस्तै विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मानबाट जनकपुर निवासी अशोक दत्तलाई प्रदान गरिने भएको छ । गीतकार दत्तलाई २५२५२ नगद राशिसहित सम्मान प्रदान गरिने गीतकार संघ नेपालले जनाएको छ ।